मुगु सामूहिक हत्या प्रकरण : एक जना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

जगत ठाडा मगर


मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार मध्यान्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार (नगरपालिका जाने बाटो)नजिकैबाट प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो । हरीले नियन्त्रणमा लिएका उक्त व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ । हत्या अनुसन्धानका लागि ११ गतेनै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको छ ।
प्रहरी हत्याराको करिबकरिब नजिक पुगिसकेको जिप्रका मुगुमा प्रमुख प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले बताएका बताएका थिए । प्रनाउ थापाले भने, ‘शंकास्पद र अनुसन्धानको क्रममा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लगेको र एकिन र विस्तृत घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ उनका अनुसार अनुन्धा सम्पुर्ण कोणबाट भइरहेको र पुरै सबुत प्रमाण पुगेपछी अपराधीलाई नियन्त्रणमा लिएर सबै कुरा सार्वजनिक गरिने छ ।
आइतबारनै कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीम ढकाल पनि घटनास्थल पुगेका छन् । उक्त घटनाको बिस्तृत विवरण बुझ्न्, अनुसन्धानमा कति नजिक पुग्यो र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । उनलाई मुगुका प्रनाउ विरेन्द्र थापाले घटनास्थलको स्थलगत सम्पुर्ण विवरण पेश गरेका छ्न् ।

शुक्रबार मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै मृत अवस्थामा फेला परेको थियो । शनिबारनै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको दुइटा विशेष सुरक्षा टोलि र जुम्लादेखि एउटा विशेष टोलि मुगु जिप्रकाका प्रमुख सहितको सुरक्षाकार्मी पाँच दिनदेखि घटनानास्थलमै रातदिन लगातार अनुसन्धानमा खटिए पनि खसै हत्याराको अझै कुनै टुंगो लाग्न भने सकेको छैन ।
यता मृतकहरुको शव परिक्षणका लागि शनिबार रातिनै सदरमुकाम स्थित जिल्ला अस्पतालमा पुर्याइएको थियो । आइतबार दिउँसोबाट मात्रै शव परिक्षण सुरु गरिएको थियो । सामुहिक हत्या प्रकरणमा पत्नी र तीन छोराछोरी गुमाएका पीडित दिपक बोहरा भन्छन्, मेरो परिवारलाई हत्या गर्ने त्यो हत्यारा अपराधी पत्ता लगाइ नियन्त्रणमा लिएर सार्वजनिक नगरिँदासम्म आफुले कुनैपनी हालतमा लास नबुझ्ने बताएका छ्न । ‘परिवारको सुन्दर भविष्को सपना बोकेर वैदेशिक रोजगारीमा गएको थिए, तर आज कुन दुष्ट पापिले मेरो सबै सपना चुड्यो’, उनले भाबुक हुँदै भने।वैदेशिक रोजगारीमा कतार गएका दिपक एक्कासि पत्नी र तीन छोराछोरी सामुहिक हत्या भएको खबर सुनेपछि उनी शुक्रबारनै नेपाल फर्केका थिए । शनिबार दिउसो उनी मुगु पुगेका थिए ।
कात्तिक ७ गते बेलुकी दशैको टिकालगाउन पत्नी श्रीदेवी तीन छोराछोरीसहित नजिकै रहेको माइतीगाउँ कोटिल्ला गएकी थिइन । उनी ८ गतेनै माइतीदेखि आफ्नो घर मुन्दु फर्केकी थिइन् । बाटोमा पति दिपकसँग मोबाइलमा भिडियोकल गर्दै घर पुगिन र त्यसपछि पनि पति दिपक र पत्नी श्रीदेबीबिच लामो कुराकानी भयो । त्यसपछि भोलि बारिको सिमि उखेल्नु छ । काम सकेर भोलि कुरा गरौला भनिन् तर त्यसपछि एक्कासी १० गते शुक्रबार मृत्युको खबर आयो । त्योनै परिवारसँगको अन्तिम कल भयो, दिपक भावविह्वल अवस्थामा भन्छ्न् ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















