सुदूरपश्चिम नाकाबाट स्वदेश फर्कनेको लर्को

नवलपुर टुडे


धनगढी, कात्तिक १ गते । सुदूरपश्चिम प्रदेशमा रहेको विभिन्न नाका भएर भारतबाट स्वदेश फर्कनेको लर्को लागेको छ । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्कन थालेपछि नाकामा फर्कनेको भिड बढेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज एकै दिन दुई हजार १३२ जना भारतबाट स्वदेश फर्किएका छन् ।
कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट एक हजार ३५०, गौरीफन्टा नाकाबाट ७७२ र बैतडीस्थित झुलाघाट नाकाबाट १० जना फर्केको केन्द्रका प्रादेशिक सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।
दसैं, दिपावली मनाउन दैनिक धेरै मानिस यी नाकाहरु भएर फर्किरहेका छन् । रोजगारीको खोजीमा धेरैजसो नेपाली भारततिर जाने गर्छन् ।

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















