नवलपरासीमा अवैधरूपमा ल्याइएका औषधि बरामद

रासस


नवलपरासी । जिल्ला प्रहरीले रु दस लाख बराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो ।
दुईवटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माईकोफेनोलेट, हेप्रिन इन्जेकसन पि, साइक्लोसपोरिन आइपी, माईकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माईकोफोनोलेट, आर्थोरोपोईटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
ती औषधि रु नौ लाख ८१ हजार ६२ बराबरको रहेको उहाँको भनाइ थियो । भारतबाट एक व्यक्तिले पैदलै ल्याउँदै गरेको कार्टुनलाई प्रहरीले देख्नासाथ नजिक जाँदा औषधि छोडेर मान्छे फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएको उक्त औषधिलाई महेसपुरस्थित भन्सार कार्यालयमा पठाइएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















