विभूषण लिलामीको घोषणा गरेपछी महावीर पुनलाई सरकारको पत्र


काठमाडौं, साउन २३ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारले विभूषण लिलामीमा नराख्न पत्राचार गरेको छ । सरकारले दिइएको विभूषण लिलामीमा राखेपछि पुनलाई गृहमन्त्रालयले पत्राचार गर्दै विभूषण लिलामीमा नराख्न भनेको हो ।
पत्रमा विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने जानकारीसमेय उल्लेख छ । पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए । कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उनले विभूषण लिलामीमा राखेका हुन् ।
तर, गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै सोमबार सूचना जारी गरेको थियो । साथै मंगलबार पुनलाई पत्राचार गरेर सचेत गराएको हो ।
























