मुख्य समाचार

राेल्पा बस दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो, १९ घाइते

नवलपुर टुडे
२०८० साउन २३ | मध्यान्ह ०४:०४ बजे

रोल्पा, साउन २३ । रोल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्याम सारु मगरले दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको जानकारी दिएका हुन्  । उनीहरुको सनाखत हुन भने बाँकी रहेको छ ।

घटनामा १९ जना घाइते भएको डीएसपी मगरको भनाई छ । सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिला बजार नजिकै दिउँसो १ बजेतिर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको थियो । बसमा २५ जना यात्रु सवार रहेका थिए । दुर्घटनालगतै चालक फरार भएका थिए । एक घन्टापछि उनी सम्पर्कमा आएको डीएसपी मगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सात जना घाइतेलाई थप उपचारका लागि दाङको घोराहीतर्फ पठाइएको छ ।

कमेन्टहरु