एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक साउन २४ गते

नवलपुर टुडे
२०८० साउन २२ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं, साउन २२ । राष्ट्रियसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि बैठक साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो ।
एमालेले एक क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको हो । बैठक सुरुहुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।
संसद्को अवरोध अन्त्य गर्न अहिले सभामुख देवराज घिमिरे र शीर्ष तीन दलका नेताको बैठक सुरु भएको छ ।





















