टोपबहादुर रायमाझी २० दिनपछि सांसद पदबाट स्वतः निलम्बन हुने

नवलपुर टुडे


काठमाडौं,बैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अबको २० दिनमा पक्राउ नपरे पनि सांसद पदबाट स्वतः निलम्बित हुनेछन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशी मुलुक पठाउन संलग्न रहेको आरोपमा रायमाझिविरुद्ध काठमाडौं जिल्ला अदालतबाट वैशाख १२ गते पक्राउ पुर्जी जारी भएको थियो । उनी हालसम्म फरार छन ।
सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १० दिनभित्र मुद्दा चलाउने तयारी गरेको छ । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा मुद्दा चलाइनेछ ।
संगठित अपराध निवारण ऐन, २०७० को दफा ५२ अनुसार संगठित अपराध गर्ने संवैधानिक निकायका पदाधिकारी पक्राउ पुर्जी जारी भएको ३० दिनभित्र पक्राउ नपरेमा वा अदालतमा उपस्थित नभएमा ३१ दिनमा त्यस्ता पदाधिकारीको पदबाट स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















