मुख्य समाचार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्बिरहरू)

नवलपुर टुडे
२०८० बैशाख २० | बिहान ०९:०१ बजे

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो ।

त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 

काठमाडौँमा आज बिहानै नेपाल पत्रकार महासङ्घ र विभिन्न अन्य सङ्घ संस्थाहरूले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन् । 

photo 2023 05 03 09 26 08photo 2023 05 03 09 26 12photo 2023 05 03 09 26 16photo 2023 05 03 09 26 19photo 2023 05 03 09 26 22 1 photo 2023 05 03 09 26 25photo 2023 05 03 09 26 28photo 2023 05 03 09 26 36

कमेन्टहरु