लुम्बिनी प्रदेश

बर्दघाटमा तीन महिने सिलाई कटाई तालिम सम्पन्न

नवलपुर टुडे
२०७९ चैत्र १५ | मध्यान्ह ०४:१२ बजे

नवलपरासी , १५ चैत । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा न १४, १५ र १६ का महिलाहरूलाई लक्षित गरी आयोजित तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

चेतना महिला सहकारी संस्था आयोजक यसैगरी चौधरी फाउण्डेशन र बर्दघाट नगरपालिका अन्तर्गत वडा न १४ १६को संयुक्त सहयोगमा उक्त तालिमबाट तीन वटा वडाका १७० जना महिलाहरू लाभान्वित भएका छन् । तालिम समापन समारोह तथा प्रमाण पत्र वितरण समारोहमा प्रमुख आथितीको रुपमा बोल्दै फाउण्डेसनका सचिव सारिका चौधरीले फाउण्डेसनलाई महिलाहरूको लागी विशेष गरी जिविकोपार्जन उन्मुख आय आर्जन सँग सम्वन्धीत तालिमलाई प्राथमिकता दिदै आएको बताउनुभयो ।

photo 2023 03 29 16 48 05 1

सो क्रममा बोल्दै चौधरीले फाउण्डेसनले समाजमा रहेका हरेक बर्गको सारथी साथै सुख दुखमा समेत सारथीको रुपमा काम गर्दै आएको बताउनुभयो । चेतना महिला कृषि सहकारी संस्थाकाअध्यक्ष कमला पराजुलीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच फाउण्डेसनका सचिव चौधरी सहितको टोलीले आज पश्चिम नवलपरासीको सुस्ता ३ मा रहेको शुभकामना प्राथमिक विद्यालयमा पुगेर बाल कक्षाको अनुगमन गरी विद्यालय व्यवस्थापन समिति एवम् शिक्षकहरू सँग आवश्यक छलफल गरेका छ । सो क्रममा चौधरीले विद्यालयमा विद्यार्थीहरूका लागि चौधरी फाउण्डेसन सहयोग गर्न तत्पर रहेको प्रतिक्रिया व्यक्त गर्नुभयो ।

photo 2023 03 29 16 48 01

यसैगरी आजै सचिव चौधरी सहितको टोली पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ विर्ता स्थित दुर्गा मन्दिरमा जारी महायज्ञमा सहभागी भई यस क्षेत्रका महिलाहरू सँग आवश्यक छलफल गरेको छ । सो क्रममा प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवारसमेतको सहभागिता रहेको थियो ।

कमेन्टहरु