मेडिकल व्यावसायिक दुर्गा प्रसाईं नेतृत्वको अभियानद्वारा कडा आन्दोलनको घोषणा

नवलपुर टुडे
२०७९ फाल्गुन २५ | बिहान १०:११ बजे

काठमाडौँ, फागुन २५ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले कडा आन्दोलनको घोषणा गरेको छ । अभियानले १६ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
जसअनुसार हरेक शनिबार माइतीघरदेखि बानेश्वरसम्म र्याली गरेर कोणसभा गर्ने, चैत २४ गतेदेखि नेपाल बन्द गर्ने, देशका विभिन्न स्थानमा आमसभा र कोषणासभा गर्ने तय भएको प्रसाईँले बताए । उनले चैत १ देखि राष्ट्रव्यापीरुपमा महाअभियान गर्ने पनि जानकारी दिए ।

















