लुम्बिनी प्रदेशमा जसपा मन्त्रीमण्डलमा सहभागिताले सरकार थप शक्तिशाली: जसपा प्रवक्ता अकरम पठान


कपिलवस्तु, फागुन ८ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सरकारको मन्त्रीमण्डलमा सहभागी भएकाले सरकार थप शक्तिशाली भएको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन् l
लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मन्त्रीहरूको कार्यविभाजन तथा पुनर्गठन गर्दा जसपा मन्त्रीमण्डलमा सहभागी नहुने संकेत देखिएको थियो l तर हिजो कृषि तथा भूमि व्यवस्था मन्त्रालय पाए पछि भण्डारी लाल अहिरलाई जसपाले मन्त्रीमण्डलमा सहभागी गराएको छ l
यस अघि जसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले दुई मन्त्रालय पाउनु पर्ने वक्तव्य आउदा जसपा लुम्बिनी प्रदेश मन्त्री मण्डलमा सहभागी हुने नहुने अन्योल जस्तो देखिन्थयो । केही समय अघि जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव कपिलवस्तु भ्रमणमा आउदा जसपा नेपाल लुम्बिनी प्रदेशको मन्त्रीमण्डलमा छिट्टै सहभागी हुने संकेत गरे अनुसार जसपा सहभागी भएको आकलन गर्न सकिन्छ ।
जसपाले सधै नेपाली जनताको हकहितमा काम गर्दै आएको जिक्री गर्दै जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले नव नियुक्त मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए l























