लुम्बिनी प्रदेश

अर्घाखाँचीमा भालुको आक्रमणबाट दुईजना घाईते

नवलपुर टुडे
२०७९ माघ २७ | मध्यान्ह ०९:१० बजे
फाइल तस्बिर

भावना मगर
अर्घाखाँची, माघ २७ । अर्घाखाँचीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा सितगंगा नगरपालिका – ७ का ५९ वर्षीय चोपबहादुर गाहा मगर र ५० वर्षीय लालबहादुर राना मगर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उनीहरु खेतमा वस्तु भाउ चराउँदै गर्दा गाहा र रानालाई शुक्रबार दिउँसो भालुले आक्रमण गरेको हुन । भालुको आक्रमणबाट गाहाको दाहिने हात र रानाको पछाडीको भागमा चोट लागेको प्रहरीले बताएको छ ।

आक्रमण गर्ने भालु भागे पनि एउटा भालुको वच्चा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । घाइते दुबै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

कमेन्टहरु