नेकपा एसका अध्यक्ष नेपालद्वारा प्रधानमन्त्री दाहाललाई सुझाव : ‘ओली प्रवृत्ति’ नदेखाउनुहोला

नवलपुर टुडे


काठमाडौ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ‘ओली प्रवृत्ति’को पछाडि नलाग्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको रुपमा अहंकार देखाउने र आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिका पछाडि नलाग्न प्रधानमन्त्री दाहाललाई उनको आग्रह थियो । केपी ओलीले मंगलबार संसद् बैठकमा गरेको सम्बोधनलाई लक्षित गर्दै ओलीले अहिले पनि आफैंलाई सर्वेसर्वा ठान्ने गरेको र गल्ती (संविधान विघटन) स्वीकार नगरेको भन्दै त्यसो नगर्न अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई सुझाव दिए । प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन् ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ बुँदे सर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे । उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बुँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढ्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराएका थिए ।
‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुश भए त हुन्थ्यो । तर यो महसुश नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठीक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुश नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभइदिनु होला है । मेरो आग्रह छ । विनम्रतालाई अवलम्बन गर्नु होला । संविधानको मूल मर्म र भावनालाई ध्यान दिनुहोला । राम्रो संस्कार र संस्कृति अवलम्बन गर्नुहोला । राम्रो संस्कार अवलम्बन गर्नु भयो भने तपाईँलाई असल मानिस भनिएला । भ्रष्टाचारबाट जोगिनुभयो भने तपाईँ एउटा राम्रो प्रधानमन्त्रीको कोटीमा पर्नु होला । र देशको विकासले गति लिन सक्यो भने गति लिने काममा भूमिका खेल्नु भयो भने तपाईँले इतिहासमा नाम कमाउनु होला,’ अध्यक्ष नेपालले भने । उनले आफूहरूले यो सरकारलाई १५ बुँदे सर्तसहित समर्थन गरेको पनि बताएका थिए ।
ती सर्तमा राष्ट्रियताको विषयदेखि जनजीविकाका विषय हुँदै युवा बेरोजगारीका विषय पनि समेटिएको छ । अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठीक गरेँ भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्तिसमेत जनाएका थिए । उनले विश्वासको मत लिने क्रममा गरेका प्रतिबद्धताहरु पूरा गर्न पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए ।
सरकारले जनतालाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उनको भनाइ थियो ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















