मुख्य समाचार

बिनोद चौधरी हराउन सक्रिय बिक्रम खनालको गोप्य योजना बाहिरियो

नवलपुर टुडे
२०७९ मंसिर १ | बिहान १०:०८ बजे

परासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसवाट प्रतिनिधिसभामा उम्मेदवार बनेका बिनोद चौधरीलाई हराउन लुम्विनी प्रदेशका कांग्रेस महामन्त्री सकृय रहेको तथ्य बाहिरिएको छ ।

चौधरी उम्मेदवार रहेकै क्षेत्रका बासिन्दा तथा कांग्रेस लुम्वनी प्रदेशका महामन्त्री बिक्रम खनालले चौधरीलाई हराउन आफना कार्यकर्तासंग गरेको गोप्य कुराकानी (अडियो) बाहिरिए पछि त्यो भाइरल भएको छ । खनालले आफनो घरमै (पन्चनगर स्थित घरमा) कांग्रेसका नेताहरुलाई बोलाएर चौधरीलाई हराउन उर्दी जारी गरेको सुनिन्छ ।

खनालले भनेका छन यहाँको राजनितिमा कुनै योगदाननै नभएका मान्छे आएका छन । चौधरीलाई ठेगान लगाउन (हराउन) अन्य उम्मेदवारलाई मत दिन आदेश गरेको अडियोमा प्रस्ट सुनिन्छ । चौधरीले अहिलेको पटक आफै उम्मेदवार बनेको र अर्को चुनाबमा छोरा र नातीलाई उम्मेदवार बनाउने भनेर कार्यकर्तालाई सुनाएका छन । त्यसो भएकाले यसै पटक चौधरीलाइ ठेगान लगाउन (हराउन) खनालले निर्देशन दिएका छन । यसलाई ठेगान लगाउन अजय शाहि (माछा चुनाब चिन्ह लिएका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार) र घण्टीमा भोट खसाल्न निर्देशन गरेका छन । उनले चौधरीको कम्पीटिशनमा रहेका उम्मेदवारलाई नाम नलिइकन भोट दिन भनेका छन ।

उसको नजिक नजिक आउनेलाई भोट दिएपछि उ सकिन्छ खनालले भनेका छन । कार्यकर्तासंग बोल्दैगर्दा कुनै साथीले यो कुराकानी बाहिर नलैजानु भनेर पनि खनालले कार्यकर्तालाई निर्देशन पनि दिएका छन । कांग्रेसवाट उम्मेदवार रहेका चौधरीले गत बजेट भाषणको अघिल्लो रात उही गएर अर्थमन्त्रालयमा आफना मान्छे पठाएर अर्बौ अर्ब राजश्व हिनामिना पारेर आफनो पक्षमा बजेट पारेको कार्यकर्तालाई खनालले सुनाएका छन ।

खनालले कार्यकर्तासंग चौधरीले इलेक्ट्रिक गाडिमा कर सस्तो बनँएर आफुले अर्बौ कमाएको भनेका छन । अब त झन अर्थमन्त्री हुन्छ र देश टाट पल्टाएर श्रीलंका बनाउछन खनालले भनेका छन । यस्तो सुनाउदा कार्यकर्ताको मनोभाव चौधरीका बिरुद्धमा बलियो बनाउन सकिने खनालको बुझाई रहेको मान्न सकिन्छ । खनालले चौधरीको राष्ट्रवादी चिन्तननै नभएको चर्चा गर्दै बिनोद चौधरी र उमेश श्रेष्ठ जस्ता ब्यापारी पृष्ठभूमिका मान्छेलाई जिताउनै नहुने तर्क गरेका छन ।

खनालले आरजु देउवासंग नजिक रहेको दम्भ चौधरीले देखाएका कारण चौधरीलाई यसैपटक पत्तासाफ गर्न पर्ने खनालले कार्यकर्ता समक्ष उर्दी जारी गरेको अडियोमा सुनिन्छ । भोट खसाल्ने दिन पहिलो (प्रत्यक्ष तर्फको प्रतिनिधि सभाको) मतपत्रमा छाप नहानी मतपत्र नखसाली पटयाएर बाकसमा त्यसै खसाल्न र दोश्राे तेश्रो र चौथो मतपत्रमा रुखमा भोट खसाल्न निर्देशन दिएका छन ।

खनालले चौधरी राष्ट्रवादी र नेपाली नै नभएको पनि आरोप लगाएका छन । यसलाई हराउनै पर्छ खनालले कार्यकर्तासंग भनेका छन (हराउदा) त्यसो गर्दा शेरबहादुरले कारबाही गरेछ भनेपनि आफु सहन तैयार रहेको र त्यस्तो कारबाहीको प्रतिकार गर्ने चेतावनी दिएका छन । लुम्वीनी प्रदेशमा वडा देखि माथि सम्म मेरै बहुमत छ कति जनालाई कारबाही गर्न सक्छ र भनेर उनले देउवालाई प्रश्नसमेत गरेका छन ।

२०७० सालमा संबिधान सभा सदस्यमा यहि क्षेत्रवाट निर्वाचित भएका खनाल यस पटक त्यहाँवाट (पश्चिम नवलपरासी क्षेत्र नम्बर १) वाट आफै निर्वाचन लडन चाहान्थे । चौधरीले टिकट ल्याएपछि निस्कृय देखिएका खनाल स्थानिय तहमा लोकप्रीय नेता मानिन्छन । उनले आफनो निर्वाचन क्षेत्रका बर्दघाट, सुस्ता र प्रतापपुर गाउँपालिकामा प्रमुखसहित बहुमतमा कांग्रेसलाई बिजयी गराएका हुन । चौधरीको निर्वाचन अभियानमा कहिकतै नदेखिएका खनालले कार्यकर्तासंग उम्मेदवार रहेका चौधरीले स्थानिय तहमा (लोकल लेबल) समन्वय नै नगरेको आरोप लगाउदै आएका छन ।

उनले घरमै बोलाएर कार्यकर्तालाई निर्देशन दिएको भनिएको अडियो बाहिरीए पछि यो भाइरल भएको छ ।

कमेन्टहरु