सुर्खेतमा बुद्धको एटिआर–७२ को परीक्षण उडान सफल, जनवरीदेखि दैनिक दुई उडान भर्ने

नवलपुर टुडे


काठमाडौं, कात्तिक ३० । सुर्खेत विमानस्थलमा बुधबार बुद्ध एयरको एटिआर–७२ विमानले परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा बुद्धले उक्त जहाजमार्फत परीक्षण उडान गरेको हो । अन्ततः परीक्षण उडान सफल भएको छ ।
१ फेब्रुअरी २०१३ देखि ब्रीचक्राफ्ट जहाजमार्फत सुर्खेत उडान सुरू गरेको बुद्धले जनवरी २०२३ देखि एटिआर–७२ जहाजमार्फत दैनिक दुई उडान सञ्चालन गर्ने जनाएको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै यात्रुको माग र भाडादर कम गराउने उद्देश्यले कम्पनीले ठूलो जहाज प्रयोग गर्ने योजना अगाडि बढाएको जानकारी दिएको छ ।
एटिआर–७२ जहाजमार्फत उडान गर्दा यात्रुहरूलाई प्रत्यक्ष लाभ महसुस हुने गरी नेपालगञ्ज सेक्टर हाराहारीमा न्यूनतम भाडादर कायम हुने विज्ञप्तीमा उल्लेख छ । ‘सुर्खेत उडान गर्ने यात्रुहरूको मागअनुरूप सिट उपलब्धता न्यून रहेको तथ्यलाई आत्मसाथ गर्दै एटिआर–७२ मार्फत उडान सञ्चालन आवश्यकता महसुस भएकाले र हाल सञ्चालनमा रहेको जहाजको उडान सञ्चालन लागत उच्च रहेको र यसको प्रत्यक्ष असर भाडादरमा पर्ने गरेको छ’ विज्ञप्तीमा भनिएको छ।
कम्पनीले यात्रुहरूलाई सस्तो भाडादरका साथै थप सिटहरू उपलब्ध गराइ सेवा विस्तार गर्ने उद्देश्यले एटिआर–७२ मार्फत उडान गर्न लागेको बताए । त्यस्तै, बुद्ध एअरले आगामी डिसेम्बरभित्र थप दुईवटा एटिआर–७२ जहाज ल्याउन लागेको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















