खेलकुद

अञ्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी

नवलपुर टुडे
२०७९ अशोज ११ | मध्यान्ह ०७:०६ बजे

काठमाडाैं, असाेज ११ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा स्टार स्ट्राइकर अञ्जन विष्टको ह्याटिङक मद्ददमा नेपालले बंगलादेशलाई ३–१ ले हरायो । नेपालका लागि तीनै गोल अञ्जनले गर्दा बंगलादेशका सजाद हुसेनले गोल गरेका थिए।

नेपालले तीनै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा गरेको थियो । खेलको १७औं मिनेटमा अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाए थिए । उनले विमल घर्तिमगरको पासमा हेडिङमार्फत गोल गरेका थिए।

यस्तै, अञ्जनले २६औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाए । यो पटक उनले तेज तामाङको प्रहार बंगलादेशी किपरले रोकेपछि आएको रिवाउन्डमा गोल गरेका थिए । ३८औं मिनेटमा अञ्जनले करिअरको ह्याट्रिक पुरा गरे । यो पटक उनले विशाल राईको फ्रिकिकमा ब्याक हेडिङ गर्दै गोल गरेका थिए।

यो सँगै अञ्जनले राष्ट्रिय टिममा आफ्नो गोल संख्या १० पु¥याएका छन् । उनले बंगलादेशविरुद्ध नै ४ गोल गरेका छन्। ५५औं मिनेटमा सजाद हुसेनले गाेल गर्दै बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गाेल नहुँदा नेपाल विजयी भयाे ।

कमेन्टहरु