सत्ता गठबन्धनको बैठक बस्दै

नवलपुर टुडे


काठमाडौ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको मन्त्री कार्कीले बताए । कार्कीले भने, ‘हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ ।’
एकीकृत समाजवादी र जसपाले माओवादी र काँग्रेसले दम्भ देखाएको आरोप लगाउँदै आएका छन् । दलहरूको आ-आफ्नै अडानले गठबन्धनको पटक पटक बसेको बैठकमा सहमति जुट्न सकिरहेको छैन ।

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती
अरुपनि पढ्नुहोस
सबै
कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन

लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु
















