राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नवलपुर टुडे
२०७९ भदौ १७ | बिहान ०७:०५ बजे

काठमाडौं, भदौ १७ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक अपरान्ह ३ बजे बस्ने छ ।
आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ
























