मुख्य समाचार

श्री एयरलाइन्सको जहाज पुनः नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण

नवलपुर टुडे
२०७९ साउन १९ | बिहान ११:०४ बजे

नेपालगञ्ज । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा फुल इमर्जेन्सी व्यवस्था गरिएको थियो ।

अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु थिए ।

कमेन्टहरु