हाम्रो जोड गठबन्धन जोगाउनेमा छ : प्रचण्ड


काठमाडौं, फागुन ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको जोड गठबन्धन जोगाउने रहेको बताएका छन् ।
बिहीबार साँझ पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले बैठकमा एमसीसीलगायतका विषयमा छलफल भएको बताए ।
‘अहिले बेलुकी ५ बजे संयन्त्रको बैठक छ। त्यही बैठकको तयारीका विषयमा छलफल भयो। मुख्य जोड पाँच दल बचाउने र एमसीसी निकास दिन लागेका छौं’ प्रचण्डले सञ्चारकर्मीसँग भने ‘सकेसम्म यो गठबन्धन बचाउनेमा हाम्रो जोड हो ।’ छलफलमा प्रचण्ड, नेपाल र जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा साझा धारणा बनाउन नेताहरुबीच छलफल भएको बताइएको छ । आज साँझ ५ बजे एमसीसीको विषयमा अन्तिम निर्णायक बैठक बस्दै छ ।






















