यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने, माओवादी संसदीय दलको निर्णय

जगत ठाडा मगर
२०७८ फाल्गुन ४ | बिहान ११:११ बजे

काठमाडौं, फागुन ४ । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।
नेता गुरुङले यथास्थितिमा एमसीसी संसदमा टेबल गरे विपक्षमा मत दिने निर्णय गरिएको जानकारी दिए । गठबन्धनमा सहमति नभइ एमसीसी टेबल गरे आफूहरु सरकारमा बसिरहन नमिल्ने उनको भनाइ छ।






















