राजनीति

अगामी स्थानिय निर्बाचनमा सुजन परियारले अध्यक्ष पदको उम्मेद्बारी दिने तयारी

जगत ठाडा मगर
२०७८ फाल्गुन ४ | बिहान ०९:११ बजे

सुरज नेपाली
बुटवल । अर्घाखाँची छत्रदेव – ७ देउरालीका २७ वर्षीय सुजन परियार अगामी स्थानिय निर्बाचनमा राप्रपाबाट उम्मेद्बारी दिने दाबी गरेका छन ।

उनी सफल, कुसल, प्रभावशाली व्यक्तित्व, जनताका आशाका केन्द्र, बुद्धिजीवी, क्रमठ, गाैरवशाली, उदायमान, मिलनसार अनि अति सक्रिय समाजसेवी तथा टेक्निसियन(प्राबिधिक) विद्यार्थी पनि हुन्। राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान(NAMS) बाट २०७१ सालमा डि.फार्मेसी स्नातक गरेका छन् । त्यसपछि पनि उनले पढाईमा निरन्तरता दिदैं छन् ।

पृष्ठभूमिमा खुलाइएको परिचयले सुजन आगामी दिनमा स्वास्थ्य पेसामा आवद्ध होलान् भन्ने लाग्छ। तर, उनको पढाई विषय र रुचीको क्षेत्र भने बिल्कुल फरक छ ।पढाईलाई निरन्तरता दिदै अाईरहेका २७ वर्षीय सुजन आगामी बैशाख ३० गते मिति तोकिएको स्थानीय तहको निर्वाचनमा छत्रदेव गाउँपालिकाबाट अध्यक्ष पदकाे उम्मेद्बारी दिने सोचमा रहेका छन् ।

म बुटवलमा छु, सुजनले भने सरसल्लाह गरेर अध्यक्षको टिकट लिने तयारी गरिरहेको छु । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबाट टिकट लिएर अध्यक्षमा उठ्ने सोचमा छन् । सुजनले यस अगाडी अर्घाखाँची विद्यार्थी कार्यवाहक संयाेजक हुदै लुम्बिनी प्रदेश विद्यार्थी सभापतिको उम्मेद्बारी दिएका थिए । तर, निर्वाचन हुन नपाएपछि उनले थप अनुभव लिन भने पाएनन् । राप्रपाका प्रदेश सदस्य रहेका सुजनले पार्टी भित्र नयाँ सोच भएका नेतृत्वको जमात बढेकोले युवालाई अगाडी सार्ने विश्वास व्यक्त गर्नुभयो ।

राप्रपा अर्घाखाँची जिल्ला तथा जिल्ला मातहतका क्षेत्रहरू कमजोर नभएको बताउँदै सुजनले मनसाय हटाएर विकासलाई बुझ्न सक्ने उमेदवारलाई निर्वाचित गराउन मतदाता आतुर रहेको बताउनुभयो । अर्घाखाँची छत्रदेवमा झण्डै तीन हजार पार्टी सदस्य रहेको दावी गर्ने सुजनले पार्टीले अध्यक्षको टिकट नदिए, किन ? भनेर प्रश्न गर्ने बताउनुभयो ।

टेक्निकल फिल्डका विद्यार्थीले राजनीतिमा कसरी चाख पलायो ? भनेर सोधिएको प्रश्नमा सुजनले विकासमा देखिएको योजना विहीनता हटाउनु युवाको जिम्मेवारी रहेको बताउनुभयो। पाँच वर्ष कार्यकाल सकिदैं गएको स्थानीय सरकार मध्ये छत्रदेव गाउँपालिकाका जनप्रतिनिधिले पहिलो कार्यकाल खासै केहि नगरेको सुजनको बुझाई छ । उनले भने सामुदायिक विद्यालयको पढाईमा केहि सुधार गर्ने खोजियो तर त्यसले पनि सरकारी संरचना भित्रै विभेद जन्माएको छ ।

योजनावद्ध सोचको अभावले जोड्ने भत्काउने विकासको सास्ती नागरिकले बेहोर्नु परेको सुजन बताउँछन् । छत्रदेवमा परियोजना मार्फत सडक बनेका छन्, अब पाइपलाइन बिछ्याउने योजना आएको छ, सुजनले भने, संरचना भए सुविधा छैन । सुविधा भए संरचना छैन । सडक बन्यो पाइप भत्कियो, पाइप बन्छ सडक भत्कन्छ । योजनावद्ध विकासको ढाँचालाई बढाउन पनि टेक्निकल(प्राबिधिक) पढेर अध्यक्ष बन्ने ईच्छा जागेको सुजनको भनाई छ ।

कमेन्टहरु