राजनीति

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

जगत ठाडा मगर
२०७८ फाल्गुन ३ | मध्यान्ह ०३:११ बजे

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेर अघि सुरु भएको बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरु सहभागी छन् ।

बैठकले भ्रातृ संगठनहरुको संशोधित विधान पारित गर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गराउने, १६ जिल्लाको अधिवेशन, वडा तथा पालिका अधिवेशनको तयारी, स्थानीय तहको निर्वाचनको तयारी, प्रधानन्यायाधीशमाथिको महाभियोग र एमसीसीलगायत विषयमा छलफल गरि निर्णय गर्नेछन् ।

कांग्रेस कार्यसम्पादन समिति बैठक गत बिहीबारदेखि चलिरहेको छ । कार्यसम्पादनको निर्णयपछि त्यसलाई अनुमोदन गर्न केन्द्रीय समिति बैठक बस्नेछ ।

कमेन्टहरु