राजनीति

एमसिसी संसदमा पेश गरी पारित गर्ने कांग्रेसको निर्णय

जगत ठाडा मगर
२०७८ फाल्गुन ३ | मध्यान्ह ०२:११ बजे

काठमाडौँ, फागुन ३ । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसिसी संसदमा बुधबार पेश गरेर पारित गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले एमसिसी संसदमा पेश गरी पारित गर्ने र त्यसका लागि अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले भने, ‘एमसिसी संसदमा पेश गर्ने निर्णय अघिल्लो सरकार (केपी ओली सरकार) को हो । त्यो निर्णयको स्वामित्व लिँदै अघि लगेर संसदबाट पारित गर्ने निर्णय भएको छ ।’

एमसिसी बुधबार पेश गरेर पारित गर्ने वा टेबुल मात्रै गर्ने भन्नेमा यकिन हुन सकेको छैन । तर सकेसम्म पेश गरेर पारित नै गराउने पक्षमा मत रहेको उनको भनाइ छ । त्यसका लागि अरु दलसँग छलफल गर्ने छन् । यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नका लागि सबै दललाई आग्रह गर्ने निर्णय पनि कांग्रेस संसदीय दलले गरेको छ ।

कमेन्टहरु