राजनीति

प्रधानमन्त्रीले सभामुखलाई फोन गरी कार्यव्यवस्थाको बैठक राख्न आग्रह

जगत ठाडा मगर
२०७८ फाल्गुन ३ | मध्यान्ह १२:११ बजे

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको बैठक स्थलबाटै सभामुख अग्नि प्रसाद सापकोटालाई टेलिफोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

देउवाले मंगलबार सभामुख सापकोटालाई टेलिफोन गरी प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न समितिको बैठक बोलाउन आग्रह गरेका प्रधानमन्त्री निकट कांग्रेसका एक नेताले जानकारी दिए । प्रतिनिधि सभा बैठक बुधबार बस्ने तय भएको छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने/नबस्ने तय भएको छैन ।

प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल हुने सम्भावना छ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुका अनुसार कांग्रेसले भोलिकै बैठकमा एमसीसी टेबुल गरौं भन्ने प्रस्ताव गरेको छ ।

कमेन्टहरु