Opens in a new tab

सर्वोच्चको फुलकोर्ट बैठक शुक्रबार बस्ने

जगत ठाडा मगर

29Shares
dida bag ad

काठमाडौ, फागुन ३ । सर्वोच्च अदालतलको फुलकोर्ट बस्ने भएको छ। कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा सोमबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो।

सोमबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगायका विषयमा छलफल भएको जनाइएको छ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि उनी नलम्बित भएका छन्। राणा निलम्बित भएसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन्।