Opens in a new tab

शसश्त्र प्रहरीमा एआईजीको एक पद रिक्त: तीन डीआईजी प्रतिस्पर्धा, वरीयतामा श्रेष्ठ, कार्यसम्पादनमा शाह बलियो

नवलपुर टुडे

12.6KShares

सारांश

  • सशस्त्र प्रहरी बलमा रिक्त रहेको एक एआईजी पदका लागि डीआईजीहरू सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापाबीच प्रतिस्पर्धा सुरु भएको छ।
  • वरीयताक्रमको हिसाबले डीआईजी सुरेशकुमार श्रेष्ठ अगाडि रहे पनि इन्टेलिजेन्स ब्युरोको नेतृत्व सम्हालिरहेका दीपेन्द्र शाहको कार्यसम्पादन र दाबेदारी बलियो मानिएको छ।
  • वरिष्ठताका साथै नेतृत्व क्षमता, कार्यक्षमता र परिणाममुखी कार्यसम्पादनलाई एआईजी बढुवाको मुख्य आधार बनाउनुपर्ने चर्चा छ।
dida bag ad

काठमाडौं । सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएसँगै बढुवाको प्रतिस्पर्धा सुरु भएको छ । वरीयताक्रममा डीआईजी सुरेशकुमार श्रेष्ठ अगाडि देखिएपनि कार्यसम्पादन, जिम्मेवारी निर्वाह र संगठनभित्रको सक्रियताको मूल्यांकन गर्ने हो भने डीआईजी दीपेन्द्र शाहको दाबेदारीलाई पनि बलियो रूपमा हेरिनुपर्ने अवस्था छ।

हाल रिक्त एआईजी पदका लागि डीआईजी सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापाबीच प्रतिस्पर्धा देखिएको छ। श्रेष्ठ सीमा सुरक्षा विभागको जिम्मेवारीमा छन् भने शाह इन्टेलिजेन्स ब्युरोको नेतृत्व गरिरहेका छन् । त्यस्तै, थापा सशस्त्र प्रहरी बलको एकेडेमीमा कार्यरत छन्।

वरीयताक्रमले बढुवाको एउटा आधार प्रस्तुत गरे पनि उच्च पदमा पुग्ने अधिकारीको वास्तविक मूल्यांकन केवल वरिष्ठताका आधारमा मात्र सिमित हुनु हुँदैन। संगठनप्रतिको योगदान, नेतृत्व क्षमता, निर्णय कार्यान्वयन, संवेदनशील जिम्मेवारीमा देखाएको दक्षता र परिणाममुखी कार्यसम्पादन पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हुन्।

यस दृष्टिले डीआईजी दीपेन्द्र शाहको भूमिकालाई विशेष चासोका साथ हेरिएको छ । विशेषगरी इन्टेलिजेन्स ब्युरो जस्तो संवेदनशील निकायको नेतृत्व सम्हालिरहेका शाहको कार्यसम्पादन र संगठनात्मक योगदान बढुवा मूल्यांकनको महत्त्वपूर्ण आधार बन्न सक्छ।

अब प्रश्न केवल वरीयतामा को अगाडि छ भन्ने होइन, संगठनलाई परिणाम दिन सक्ने नेतृत्व कसले प्रस्तुत गरेको छ भन्ने पनि हो। वरिष्ठता सम्मानयोग्य आधार हो, तर कार्यक्षमता र उपलब्धिलाई बेवास्ता गरेर गरिने बढुवाले संगठनको मनोबलमा समेत असर पार्न सक्छ।

नियमअनुसार बढुवा सूचना, आवेदन, मूल्यांकन र सिफारिसको प्रक्रिया पूरा भएपछि अन्तिम निर्णय हुनेछ। त्यसैले दीपेन्द्र शाहले आफ्नो कार्यसम्पादनका आधारमा प्रतिस्पर्धामा कस्तो स्थान बनाउँछन् भन्ने विषय अहिले चासोको केन्द्रमा छ।

एआईजीको एक पदमा अब वरिष्ठतालाई प्राथमिकता दिइन्छ कि कार्यसम्पादन र नेतृत्व क्षमतालाई? यसको जवाफ बढुवा समितिको निर्णयले दिनेछ।