किमद्वारा नौसैनिक अड्डाको निरीक्षण

रासस

सारांश
- उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वी तटमा निर्माणाधीन नयाँ नौसैनिक अड्डाको निरीक्षण गर्दै यसलाई देशको समुद्री सुरक्षाका लागि महत्त्वपूर्ण परियोजना बताएका छन्।
- किमले नौसैनिक क्षमता विस्तार गर्ने क्रममा आणविक हतियारले सुसज्जित युद्धपोत निर्माण तथा नयाँ टारपेडो प्रणाली परीक्षणको योजना अघि बढाएका छन्।
- उत्तर कोरियाले नौसैनिक अड्डाको निर्माण कार्यलाई गति दिन र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिएको छ।

काठमाडाैँ। उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वी तटमा निर्माणाधीन नौसैनिक अड्डाको निरीक्षण गर्दै त्यसलाई मुलुकको समुद्री सुरक्षा र सार्वभौमिकता रक्षाका लागि महत्त्वपूर्ण परियोजना बताएका छन्।
सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले अड्डा निर्माणलाई गति दिन र गुणस्तरमा सम्झौता नगरी काम सम्पन्न गर्न निर्देशन दिए। अड्डाको वास्तविक स्थान र आकार भने सार्वजनिक गरिएको छैन।
उत्तर कोरियाले नौसैनिक क्षमता विस्तार गरिरहेका बेला किमले आफ्नो नौसैनिक बेडालाई आणविक हतियारले सुसज्जित गर्ने र १० हजार टन क्षमताको युद्धपोत निर्माण गर्ने योजना अघि सार्नुभएको छ । उसले पाँच हजार टनका विध्वंसक युद्धपोत तथा जहाजबाट प्रहार गर्न सकिने क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ।
गत सोमबार उत्तर कोरियाले नयाँ उच्च गतिको टारपेडो प्रणाली परीक्षण गरेको थियो। उक्त प्रणाली सन् २०२७ को सुरुतिर नौसेनामा समावेश गर्ने अपेक्षा गरिएको छ। गत वर्ष सार्वजनिक गरिएको पाँच हजार टन क्षमताको विध्वंसक युद्धपोतमा सतह र हावामा प्रहार गर्न सकिने क्षेप्यास्त्र राख्न सकिने विशेषज्ञहरूको आकलन छ।

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग

दिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्रीबिच भेटघाट सुरु

बागमती प्रदेश बुद्धिचाल छनोट सुरु

घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार
अरुपनि पढ्नुहोस
सबै
कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

भारत उडे प्रधानमन्त्री वालेन्द्र शाह (तस्बिरहरू)

जीवाश्म इन्धन विवादले कोप–३१ को जलवायु सम्झौता भाँडिदै
















