रसिया सँग हारेको नेपाली चेस टिमले युएईलाई पराजित गरे

राजु ताम्राकार

सारांश
- युएईमा जारी एशिया नेशन कप अन्तर्राष्ट्रिय टिम चेस च्याम्पियनसिपको दोस्रो चरणमा नेपालले आयोजक युएई-३ लाई ३-१ स्कोरले पराजित गर्दै २ अंक जोडेको छ।
- प्रतियोगिताको पहिलो चरणमा भने नेपाली टोली विश्वको सशक्त टोली रुससँग ४-० गोल अन्तरले पराजित भएको थियो।
- विश्वका दिग्गज खेलाडीहरू सहभागी यस प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै सबैको ध्यान आकर्षण गरेका छन्।

कार्तिक २६, काठमाडौं । युएई चेस फेडेरेशन तथा एशियन चेस फेडेरेशनको संयुक्त आयोजनामा नोभेम्बर १० देखि एशिया नेशन कप अन्तर्राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु भएको छ।
संयुक्त अरब इमिरेट्सको आबुधाबी स्थित शेराटन आबु धाबी होटल एण्ड रिसोर्टमा बुधबार सम्पन्न दोश्रो चरणको खेल नेपाली चेस टिमले आयोजक युएई-३ लाई ३-१ स्कोरले पराजित गर्द २ अंक जोडेका छन्।
नेपालका सिएम पुरुषोत्तम सिलवालले युएईका १८६३ रेटेड अलीक खब्दुल्लालाई, रिसोन थापाले १८५३ रेटेड अल्हेमेरिलाई तथा निकेन कुसाथाले १८५४ रेटेड फहाद अल अललाई हराए भने २००३ रेटेड मुहान नरसिंह श्रेष्ठ १७९९ रेटेड सुल्तान अलहुसेनसँग हार्नु पुगे।
यसअघि एशियाली अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको पहिलो चरणमा विश्वकै सशक्त टोली रसिया सँग नेपल ४-० को स्कोरमा पराजित भएका थिए।
पहिलो वोर्डमा रसियन २६८३ रेटेड ग्रायण्ड मास्टर एण्ड्रे इसिपेन सँग २१७६ फिडे मास्टर रुपेश जैसवाल हारे। दोश्रो वोर्डमा अर्का २६५४ रेटेड जिएम डानीयल डुबोभ सँग २१३३ रेटेड सिएम पुरुषोत्तम सिलवाल पराजित भए।
तेश्रो वोर्डमा २६०८ रेटेड जिएम एलेक्सेया ग्रेवन सँग २०७५ रेटेट रिसोन थापा तथा २५८८ रेटेड जिएम सँग २००३ रेटेड निकेन कुसाथाले सहज हार व्यहोर्न पुगे।
नेपालले तेस्रो चरण खेलमा मलेसियाको टोली सँग प्रतिस्पर्धा गरिरहेको छ। खेलमा एफएम रुपेशको २३७० रेटेड आईएम किम एउ चानसँग, सिएम पुरुषोत्तम २३०६ रेटेड एफएम एर्न आङ् सँग, रिसोन २२९२ रेटेड एफएम जु रेन लिनसँग तथा मुहान २२५२ रेटेड एफएम जियानवेन वोङ सँग स्पर्धामा छन्।
कूल २० टोलि सहभागी एशियायी प्रतियोगिताको दोश्रो चरण सकिदा रसिया, काजकिस्तान, भारत र चीन समान ४ अंक सहित संयुक्त अग्रस्थानमा छन्।
तेस्रो चरणमा भारत र काजकिस्तान, चीन र रसिया, मंगोलिया र उज्बेकिस्तान, युएई र सिरिया विच प्रतिस्पर्धा चलिरहेको छ।
विश्व मञ्चमा विश्वका दिग्गज चेस खेलाडी सम्मिलित प्रतिस्पर्धामा नेपाली खेलाडीले टिम भावना र व्यक्तिगत उत्कृष्ट खेल मार्फत राम्रो चुनौती प्रस्तुत गर्दै ध्यान आकर्षित गरिरहेको छ।

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
















