बेनी-दरवाङ सडक सञ्चालन

नवलपुर टुडे

सारांश
- म्याग्दीको फापरखेतमा गएको पहिरो पन्छाएपछि बेनी-दरवाङ सडक सञ्चालनमा आएको छ।
- शुक्रबार राति खसेको पहिरोका कारण २४ किलोमिटर लामो उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको थियो।
- सडक खुले पनि निरन्तर पहिरो खस्ने जोखिम कायम रहेकोले जुनसुकै बेला आवतजावत बन्द हुन सक्नेछ।

म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक एक दिनपछि आज दिउँसोदेखि सञ्चालनमा आएको छ ।
बेनी-नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतमा शुक्रबार राति पहिरो खसेपछि २४ किलोमिटर दूरीको सडकमा सिधा यातायात सञ्चालन बन्द भएको थियो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालन हुन थालेका हुन् । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि चक्रलाल पाण्डेले तत्काललाई मर्मत गरे पनि निरन्तर पहिरो खस्ने भएकाले जुनसुकै समयमा आवागमन अवरुद्ध हुने जोखिम रहेको बताए ।
बेनी-दरवाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ । फापरखेतमा विसं २०५८ मा सडकको मार्ग खोल्नुअघि देखिकै पहिरो रोकथामको प्रयास भए पनि सफल हुन सकेको छैन । पछिल्लो पटक यसअघि खस्नेभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो खस्न थालेकाले आवतजावत गर्न जोखिम देखिएको छ ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















