सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

रासस

सारांश
- छठ पर्वको अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर उद्योगहरूबाट हुने फोहर विसर्जन र रासायनिक पदार्थ बगाउन पूर्ण रूपमा रोक लगाइनेछ।
- सिर्सिया नदीलाई सफा राख्न उद्योगहरूले प्रशोधन केन्द्र २४सै घण्टा सञ्चालन गर्नुपर्ने र प्रशोधन नगरिएको पानी मिसाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
- नदीको दीर्घकालीन पुनरुत्थानका लागि ढल डाइभर्सन गर्ने तथा तीनै तहको सरकारको साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना गरिनेछ।

पर्सा । सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार यहाँ बसेको वैठकले बारा र पर्सा जिल्लाको औद्योगिक कोरिडोर हुँदै बग्ने सिर्सिया नदीमा भएको फोहर व्यवस्थापन सम्बन्धमा शनिबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले उद्योगहरूसँग रहेको ट्रिटमेन्ट पलान्टबाट सफा पानी नदीमा छोड्न लगाई पानीलाई सफा र स्वच्छ बनाउने निर्णय गरेको छ ।
सिर्सिया नदीमा रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने र औद्योगिक करिडोरका सबै उद्योगले आफ्नो उद्योगबाट निस्कने रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने र प्रत्येक उद्योगले अनिवार्य रूपमा आफ्नो बहिर्गमन प्रशोधन केन्द्र २४सै घण्टा पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशेष उपस्थितिमा भएको बैठकको निर्णयमा भनिएको छ, “व्यक्तिगत रूपमा प्रशोधन केन्द्र राख्न नसक्ने साना तथा मझौला उद्योगका लागि उद्योग वाणिज्य सङ्घको अगुवाइ र सरकारी अनुदानमा साझा प्रशोधन केन्द्र निर्माण गर्न जग्गा पहिचान र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने ।”
बैठकले विगतमा सिर्सिया नदी सम्बन्धमा भएका निर्णय एवं काम कारबाहीबारे समीक्षासमेत गरिएको थियो । त्यसैगरी बैठककले सिर्सिया नदीको दीर्घकालीन पुनरुत्थान लागि सङ्घीय र प्रदेश सरकारसँग प्राविधिक सहयोग लिँदै वीरगन्ज महानगरपालिका र आसपासका पालिकाले सहरको मुख्य ढल नदीमा मिसिन नदिन तत्काल वैकल्पिक नाला निर्माण गरी ढल डाइभर्सन गर्ने र तीनै तहको बजेट साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















