Opens in a new tab

कुशवाहा समुदायको हकहित, एकता र पहिचानका लागि संगठित हुनुपर्नेमा जोड

नवलपुर टुडे

3.8KShares

सारांश

  • नेपाल कुशवाहा कल्याण समाज सप्तरीद्वारा राजविराजमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै जिल्ला कार्यसमितिको पहिलो बैठक सम्पन्न गरिएको छ।
  • बैठकले कुशवाहा समुदायभित्र आपसी सद्भाव र एकता कायम गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने महत्वपूर्ण निर्णय गरेको छ।
  • समुदायको समग्र विकासका लागि शिक्षा, सामाजिक चेतना, संगठन विस्तार र राजनीतिक सहभागितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।
dida bag ad

राजविराज । कुशवाहा समुदायको सामाजिक, शैक्षिक, आर्थिक तथा राजनीतिक उत्थानका लागि आपसी सद्भाव, एकता र सहकार्य कायम गर्नुपर्नेमा जोड दिइएको छ।

नेपाल कुशवाहा कल्याण समाज सप्तरीले राजविराज नगरपालिका–५ मा सम्पर्क कार्यालयकाे एक कार्यक्रम बीच शनिबार उद्घाटन गरेका छन । उद्घाटन पश्चात् बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले समुदायको उत्थानका लागि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले कुशवाहा समुदायभित्र आपसी सद्भाव र एकता कायम गर्ने, शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र छात्रालाई प्रोत्साहन गर्ने तथा समुदायको सामाजिक र शैक्षिक विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष रामनारायण मेहताले जानकारी दिए ।

मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरूले समुदायको हकहित संरक्षण, सामाजिक पहिचानको प्रवर्द्धन तथा नयाँ पुस्तालाई शिक्षा र नेतृत्वमा अगाडि बढाउन संगठित प्रयास आवश्यक रहेको धारणा राखेका थिए।

उनीहरूले समुदायको समग्र विकासका लागि शिक्षा, सामाजिक चेतना, संगठन विस्तार र राजनीतिक सहभागितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा देवकान्त मेहता, राजेश कुमार महतो, सूर्यनारायण मेहता, मुनि मेहता, अरुण कुमार मेहता र महेश्वर महतो लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कुशवाहा समुदायको अधिकार, सम्मान र पहिचान स्थापित गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए।

समुदायभित्रको एकता बलियो बनाउँदै शिक्षा र सामाजिक विकासलाई प्राथमिकता दिने समाजको निर्णयले कुशवाहा समुदायको संस्थागत सक्रियता बढाउने अपेक्षा गरिएको छ।