Opens in a new tab

अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

रासस

345Shares

सारांश

  • काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ खहरे खोलामा आएको लेदोमाटोले दुई घर र एक गोठमा क्षति पुर्‍याएको छ।
  • घटनामा कुनै पनि मानवीय र चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • प्रहरीले जोखिममा परेका दुवै परिवारका १६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
dida bag ad

बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ ।

आज बिहान लेदोमाटो बगेर स्थानीय शेरबहादुर तामाङको ढुङ्गा-माटोले बनेको जस्ताको छानो भएको एकतले घर पुरिएको हो । घरको जस्ता मात्र देखिने गरी लेदो माटोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

सोही स्थानमा रहेका शेरबहादुरकै नजिकको अर्को तीनतले घर र स्थानीय हर्कबहादुर तामाङको तीन तले घरसमेत लेदोसहितको पानी पसेको छ । हर्कबहादुरको घरनजिक रहेको जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षति भएको छ ।

घटनामा मानवीय तथा चौपायाको क्षति नभएको र दुवै परिवारका आठ-आठ गरी १६ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरी टोलीले दुवै परिवारलाई आफन्तको घरमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।

अरुपनि पढ्नुहोस

सबै