Opens in a new tab

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

रासस

690Shares

सारांश

  • शुक्रबार अपराह्नदेखिको अविरल वर्षाका कारण म्याग्दीका दुई प्रमुख सडकहरू अवरुद्ध भएका छन्।
  • फापरखेत, सिरुवारी र खामभिट्टा लगायतका स्थानमा खसेको पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरवाङ सडक पूर्ण रूपमा बन्द छन्।
  • झरी नरोकिएको कारण सडक विभाग र पूर्वाधार विकास कार्यालयले पहिरो पन्छਾएर यातायात सञ्चालन गर्ने प्रयास असफल भएको छ।
dida bag ad

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको  वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत पहिरोका कारण बेनी–दरवाङ तथा सिरुवारी, खामभित्तालगायत स्थानमा खसेको पहिरोले उक्त सडक अवरुद्ध भएको हो ।

झरी नरोकिएकाले अवरुद्ध सडक खुलाउन सडक विभाग र पूर्वाधार विकास कार्यालयको प्रयास असफल भएको छ ।