यूएईमा नोभेम्बर ८ मा लक्ष्मी पूजा, भजन–कीर्तन तथा देउसी–भैलोसहित भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

कबिराज राजबंशी

सारांश
- प्रवासमा नेपाली मौलिकता, धार्मिक आस्था र सांस्कृतिक परम्परालाई जीवन्त राख्ने उद्देश्यले आगामी नोभेम्बर ८ मा यूएईमा एक विशेष कार्यक्रम हुने भएको छ।
- सनातन गौ संरक्षण अभियान, हिन्दू जागरण नेपाल र श्री वैष्णव परिषद्को संयुक्त आयोजनामा लक्ष्मी पूजा, भजन–कीर्तन र देउसी–भैलोसहितका सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्।
- यस कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता र सद्भाव बढाउनुका साथै गुरुकुल शिक्षा तथा गौँ सेवाको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

प्रवास दुवई यूएई|
परदेशमा नेपाली मौलिकता, धार्मिक आस्था र सांस्कृतिक परम्परालाई जीवन्त राख्ने उद्देश्यसहित तीन संस्थाको संयुक्त आयोजनामा विशेष कार्यक्रम हुने।
यूएईमा रहेका नेपाली समुदायलाई धर्म, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले आगामी नोभेम्बर ८ मा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
सनातन गौ संरक्षण अभियान यूएई, हिन्दू जागरण नेपाल यूएई र श्री वैष्णव परिषद् यूएईको संयुक्त आयोजनामा लक्ष्मी पूजा, भजन–कीर्तन, देउसी–भैलो तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम हुन लागेको हो।
नेपालीहरूको मौलिक पर्व, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई प्रवासमा समेत निरन्तरता दिने लक्ष्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाली कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। आयोजकका अनुसार धर्म र संस्कृतिको संरक्षणसँगै गुरुकुल शिक्षा तथा गौँ सेवाको प्रवर्द्धनलाई समेत अभियानका रूपमा अघि बढाउने उद्देश्य कार्यक्रमसँग जोडिएको छ।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहयोगदाता, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै यूएईमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।
कार्यक्रममा सहभागी बनौँ, आफ्नो संस्कृति जोगाऔँ र नयाँ पुस्तालाई नेपाली संस्कार तथा परम्परासँग जोडौँ।
कार्यक्रम विवरण
📅 मिति : ८ नोभेम्बर २०२६, आइतबार
⏰ समय : बिहान ११:०० बजे
📍 स्थान : Yak & Yeti Everest Club – Astoria Hotel
आयोजक संस्थाहरू:
- सनातन गौ संरक्षण अभियान यूएई
- हिन्दू जागरण नेपाल यूएई
- श्री वैष्णव परिषद् यूएई

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















