शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

रासस

सारांश
- चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि आज शनिबार अपराह्नपछि क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
- भारतबाट कमजोर भएर प्रवेश गरेको यस प्रणालीका कारण हाल देशका विभिन्न भू-भागमा हल्का देखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ।
- आज दिउँसो र राति पनि देशका अधिकांश स्थानमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङ, मध्यमदेखि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । “शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला”, विभागका मौसमविद् डेभिड ढकालले बताए ।
भारतमा शक्तिशाली चक्रवात ‘अर्नब’ बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भए पनि नेपाल प्रवेश गर्दा कमजोर भएकाले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको असर भने सामान्य रहेको विभागले जनाएको छ ।
उनका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । “आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ”, उनले भने ।
विभागका अनुसार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ । सो अवधिमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर मापन भएको छ ।
यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















