Opens in a new tab

बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने

नवलपुर टुडे

1.5KShares

सारांश

  • बङ्गलादेशका २४ वर्षीय बायाँहाते ब्याटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन्।
  • सन् २०२० को यु–१९ विश्वकप जितेको नेपाली टोलीका सदस्य इमोनले सन् २०२५ मा युएईविरुद्धको टी–२० अन्तरराष्ट्रिय खेलमा शतक प्रहार गरेका थिए।
  • ४० टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय खेल खेलिसकेका इमोन यसअघि पाकिस्तान प्रिमियर लिग (पिएसएल) खेलिसकेका छन् भने एनपिएल उनको दोस्रो विदेशी लिग हो।
dida bag ad

काठमाडौँ। बङ्गलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्।

जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले यु–१९ विश्वकप जित्दा टोलीका सदस्य थिए। उनले सन् २०२०–२१ को बङ्गबन्धु टी–२० कपमा ४२ बलमै शतक बनाएका थिए।

सन् २०२५ मा उनले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टी–२० अन्तरराष्ट्रियमा पनि शतक प्रहार गरेका थिए।

उनले हालसम्म ४० टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन्। इमोनले पाकिस्तान प्रिमियर लिग (पिएसएल) खेलिसकेका छन्। एनपिएल उनका लागि दोस्रो विदेशी लिग हुनेछ।