जलवायु उत्थानशीलता परियोजनाले घटायो बाढीको जोखिम

राम नारायण

सारांश
- रौतहटको परोहा नगरपालिका–३ तेजापाकडमा लालबकैया नदीमा बाँध निर्माण भएपछि स्थानीय बासिन्दा बाढीको जोखिमबाटमुक्त भएका छन्।
- प्रोत्फर ग्लोबल र स्थानीय संस्थाको सहकार्यमा १६ लाख रुपैयाँको लागतमा वातावरणमैत्री बाँध बनाइएपछि घर र खेतीयोग्य जमिनको डुबान घटेको छ।
- यस परियोजनाले जलवायु परिवर्तनको असर न्यूनीकरण, पूर्वतयारी र विपद् व्यवस्थापनमा स्थानीय समुदायलाई महत्वपूर्ण सहयोग पुर्याएको छ।

राैतहट, कात्तिक ११ । रौतहटको परोहा नगरपालिका–३ तेजापाकडका स्थानीयवासी लालबकैया नदीको बाढीबाट हुने डुबानको जोखिम घटेपछि हर्षित भएका छन्। प्रोस्फर ग्लोबल तथा स्थानीय साझेदार संस्था आसमान नेपाल र नेपाल एकीकृत विकास समाजद्वारा सञ्चालित जलवायु उत्थानशीलता परियोजनाअन्तर्गत नदीमा बाँध निर्माण भएपछि स्थानीयवासीलाई राहत मिलेको हो।
स्थानीय रिना देवी पासवानका अनुसार बाँध निर्माणपछि एक वर्षदेखि डुबानको समस्या भोग्नुपरेको छैन। स्थानीय शेव आबेद हुसेले नदीको बाढीका कारण सयौँ घर र हजारौँ बिघा खेतीयोग्य जमिन डुबानमा पर्ने समस्या घटेको बताए। उनीहरूले बाढी नियन्त्रणको दिगो समाधानका लागि सरकारले समेत थप पहल गर्नुपर्नेमा जोड दिएका छन्।
परियोजनाका स्थानीय सहजकर्ता राकेश कुमार यादवका अनुसार परोहा नगरपालिका–३ र ४ मा नदी कटान रोक्न बाँध निर्माण गरिएको छ। परियोजनाको नौ लाख र नदी नियन्त्रण कार्यालय वीरगन्जको सात लाख रुपैयाँसहित करिब १६ लाख रुपैयाँको लागतमा वातावरणमैत्री बाँध निर्माण गरिएको उनले जानकारी दिए।
परियोजनाका कार्यक्रम संयोजक डोरेन्द्र बस्नेतले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, पूर्वतयारी, जनचेतना अभिवृद्धि तथा विपद् व्यवस्थापनका लागि समुदायलाई आर्थिक, प्राविधिक र उपकरण सहयोग उपलब्ध गराउँदै आएको बताए।
स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष रामप्रवेश यादव तथा नगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख अब्दुल रव अन्सारीले पनि परियोजनाले विपद् जोखिम न्यूनीकरण र पूर्वसूचना प्रवाहमा सहयोग पुर्याएको बताए।

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह
अरुपनि पढ्नुहोस
सबै
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना
















