ओलिभिया एजुकेसन कन्सल्टेन्सीमा महिला कन्टेन्ट क्रिएटरका लागि रोजगारी खुला

नवलपुर टुडे

सारांश
- मिनभवनस्थित ओलिभिया एजुकेसन कन्सल्टेन्सीले महिला कन्टेन्ट क्रिएटरका लागि रोजगारीको अवसर खुलाएको छ।
- उम्मेदवारले स्नातक उत्तीर्ण गरेको, दुवै भाषामा दख्खल भएको तथा बिहान ९ देखि साँझ ६ बजेसम्म काम गर्नुपर्नेछ।
- इच्छुकले आफ्नो सीभी र सिर्जनात्मक भिडियो संस्थाको इमेलमा पठाउन सक्नेछन्।

काठमाडौं । काठमाडौंको मिनभवन, नयाँ बानेश्वरस्थित ओलिभिया एजुकेसन कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टरले महिला कन्टेन्ट क्रिएटरका लागि रोजगारीको अवसर खुला गरेको छ।
संस्थाले शैक्षिक सामग्री निर्माण तथा सामाजिक सञ्जालका लागि सिर्जनात्मक भिडियो उत्पादन गर्ने उद्देश्यले महिला कन्टेन्ट क्रिएटर आवश्यक रहेको जनाएको छ।
संस्थाका प्रबन्ध निर्देशक अजय कुशवाहाका अनुसार, उक्त पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो दख्खल भएको हुनुपर्नेछ।
छनोट हुने उम्मेदवारले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म काम गर्नुपर्नेछ। तलब भने उम्मेदवारको योग्यता, क्षमता र आपसी सहमतिका आधारमा निर्धारण गरिने संस्थाले जनाएको छ।
प्रबन्ध निर्देशक कुशवाहाले सिर्जनात्मक सोच भएका, नयाँ विचार प्रस्तुत गर्न सक्ने तथा सामग्री निर्माणमा रुचि राख्ने योग्य महिला उम्मेदवारलाई आवेदन दिन आग्रह गरेका छन्।
इच्छुक उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण (सीभी) र सिर्जनात्मक भिडियो Oliviaeduconsultancy@gmail.com मा पठाउन सक्नेछन्।
ओलिभिया एजुकेसन कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर काठमाडौंको मिनभवन, नयाँ बानेश्वरमा अवस्थित छ।

बर्दिया दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
अरुपनि पढ्नुहोस
सबै
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान
















