चक्रवात ‘अर्णव’को प्रभावले शुक्रबारसम्म भारी वर्षा र हिमपातको सम्भावना

नवलपुर टुडे

सारांश
- बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा, हिमपात र हिमआँधीको जोखिम बढेको छ।
- मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ।
- प्रतिकूल मौसमका कारण धानबाली समयमै भित्र्याउन, उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा समेत वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसम प्रतिकूल हुन सक्ने भन्दै महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा पर्यटकलाई नजान वा सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।
भारी वर्षाका कारण पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ।

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

















