एनपीएल ३ : कर्णाली याक्सको खराब सुरुआत

नवलपुर टुडे

सारांश
- त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध खराब सुरुआत गरेको छ।
- प्रारम्भिक ६ ओभरको खेल समाप्त हुँदा कर्णालीले ३८ रन జోड्दै आफ्ना ३ महत्त्वपूर्ण विकेट गुमाइसकेको छ।
- जनकपुरका लागि बलिङतर्फ राहुल यादवले दुई र मोइन अलीले एक विकेट लिएका छन्।

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सविरुद्ध खराब सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको कर्णालीले सुरुआती ६ ओभरमा तीन विकेट गुमाएर ३८ रन बनाएको छ ।
हाल क्रिजमा रहेका ओपनर अरिफुल इस्लाम र पवन सर्राफले क्रमशः १९ र एक रन जोडेका छन् । त्यसअघि पभेलियन फर्किएका मार्क डिपक डुम्रेले १९, हुसेन तलतले तीन र ओपनर मार्क वाटले एक रन बनाएका थिए । जनकपुरको निम्ति राहुल यादले दुई र मोइन अलीले एक विकेट लिए ।
दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् । पहिलो सिजनको च्याम्पियन जनकपुर दोस्रो सिजन पुछारमा रहेको थियो । यता, पहिलो सिजनमा दोस्रो क्वालिफायरसम्म पुगेको कर्णाली दोस्रो सिजनमा लिग चरण पार गर्न सकेको थिएन ।


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















