Opens in a new tab

काठमाडौँ उपत्यकामा मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

नवलपुर टुडे

1.2KShares

सारांश

  • काठमाडौँ उपत्यकामा घटस्थापनादेखि कात्तिक ९ गतेसम्म मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने कुल एक हजार २०६ जना चालक कारबाहीमा परेका छन्।
  • कारबाहीमा परेकामध्ये एक हजार १६५ जना मापसे गर्ने र ४१ जना लापसे गर्ने चालक रहेका छन् जसमध्ये सार्वजनिक सवारीका चालकहरू पनि संलग्न छन्।
  • सवारी दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले मादक र लागुपदार्थ सेवन गरेर सवारी चलाउनेहरूमाथिको निगरानी तथा कारबाहीलाई निरन्तरता दिएको छ।
dida bag ad

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार २०६ जना चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ९ गतेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार १६५ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ४१ जनालाई कारबाही गरिएको हो ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेकामध्ये ६६ जना सार्वजनिक सवारीका चालक छन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ४१ जना सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए।

मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रमुख काफ्लेले बताए ।

मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्नसक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ ।