एनपीएल: सुरक्षार्थमा एक हजार १२४ प्रहरी परिचालन

नवलपुर टुडे

सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सुरक्षाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ।
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको सुरक्षा व्यवस्थापनका लागि विभिन्न क्षेत्र र प्रवेशद्वारहरूमा प्रहरी खटाइएको छ।
- खेलाडी, दर्शक तथा सरोकारवालाको सुरक्षा सुनिश्चित गर्दै खेलकुद गतिविधिलाई मर्यादित र व्यवस्थित बनाउन यो जनशक्ति परिचालन गरिएको हो।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर थापाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको एनपीएल खेलको सुरक्षार्थ यथेष्ट जनशक्ति परिचालन गरिएको जानकारी दिए ।
आजदेखि सुरु भएको उक्त प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ । उक्त प्रतियोगितामा जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका प्रहरी कार्यालय तथा सम्बन्धित तालुक कार्यालयबाट प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रवक्ता थापाले बताए ।
उनका अनुसार मुख्य प्रवेशद्वारमा ७० जना, दोस्रो गेटमा २०६ जना, तेस्रो गेटमा २११ जना र चौथो गेटमा २०६ जना प्रहरी खटाइएको छ । यस्तै, सादा पोशाकमा ४० जना, पार्किङ क्षेत्रमा १५ जना तथा अन्य विभिन्न जिम्मेवारीमा प्रहरी परिचालन गरिएको छ ।
प्रतियोगिता अवधिभर खेलाडी, दर्शक तथा अन्य सरोकारवालाको सुरक्षा सुनिश्चित गर्न र खेलकुद गतिविधिलाई व्यवस्थित तथा मर्यादित बनाउन प्रहरी परिचालन गरिएको हो ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















