म्याग्दीको घोडेपानी पुगेका विदेशी पर्यटकले मनाए बडादसैँ, लगाए टीका र जमरा

नवलपुर टुडे

सारांश
- म्याग्दीको घोडेपानीमा आएका विदेशी पर्यटकहरूले नेपाली परम्पराअनुसार रातो टीका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन्।
- होटल सञ्चालकहरूले पर्यटकलाई टीका र जमरा उपलब्ध गराएर उनीहरूलाई नेपाली संस्कृति नजिकबाट बुझ्ने अवसर प्रदान गरेका छन्।
- विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटकहरूले यस किसिमको सातासाटसँगै हिमशृङ्खलाको समेत अवलोकन गरेका छन्।

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टीका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन् ।
नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै उनीहरूले दसैँ मनाएको सन्नी होटलका सञ्चालक डमबहादुर पुनले जानकारी दिए ।
“घोडेपानी भ्रमणमा आएका पर्यटकका लागि पनि बडादसैँको टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर दिलाएका छौँ,” उनले भने, “पर्यटकमार्फत नेपालको संस्कार र संस्कृति विश्वभर फैलाउन मद्दत पुगेको छ ।”
घोडेपानी–पुनहिल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो । घोडेपानीदेखि ४५ मिनेट उकालो पदयात्रा गरेपछि पुगिने पुनहिलबाट गुर्जा, पुथा, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ ।
घोडेपानी समुद्री सतहदेखि दुई हजार आठ सय र पुनहिल तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित छ ।


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















