नेवार समुदायमा मनाइयो खड्ग जात्रा

नवलपुर टुडे

सारांश
- नेवार समुदायले बुधबार तान्त्रिक विधिद्वारा पूजाआजा गरी खड्ग जात्रा अर्थात् ‘पाया’ पर्व मनाएका छन्।
- असत्यमाथि सत्यको विजय भएको खुसियालीमा शक्तिपीठबाट खड्गधारण गरेर यो जात्रा मनाउने परम्परा रहेको छ।
- जात्राका क्रममा नगर परिक्रमा गरी दानवको प्रतीकका रूपमा कुभिन्डोमा खड्ग प्रहार गर्ने गरिएको छ।

काठमाडौं । नेवार समुदायका मानिसले बुधबार (कात्तिक ४) खड्ग जात्रा अर्थात् ‘पाया’ मनाएका छन् । दसैँ टीकाको दिन साँझ तान्त्रिक विधिबाट खड्गको पूजाआजा र परम्परागत पहिरनमा खड्गधारण गरी जात्रा मनाउने गरिन्छ ।
शक्तिपीठबाट खड्गधारण गरी यो पर्व मनाइन्छ । असत्यमाथि सत्यको जित भएको खुसियालीमा खड्ग जात्रा मनाउने गरिएको नेवार समुदायका अगुवा बताउँछन् ।
काठमाडौंमा कंकेश्वरी, टेःबहाल, बटु, भद्रकाली, कोहिति, नीलबाराही र हनुमानढोका दरबारबाट तलेजु भवानीको खड्गजात्रा निकाल्ने परम्परा छ ।
जात्राका क्रममा नगर परिक्रमापछि दानवको प्रतीक कुभिन्डोमा खड्गले प्रहार गरी खुसियाली मनाउने गरिन्छ । न्युज एजेन्सी नेपाल


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















