Opens in a new tab

बडादसैँको टीका र जमरा आजदेखि पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्ने परम्परा

नवलपुर टुडे

897Shares

सारांश

  • बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने क्रम सुरु भएको छ।
  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजेका लागि निर्धारण गरेको थियो।
  • दसैँको टीका र जमरा आजदेखि सुरु भई आगामी पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्ने परम्परा रहेको छ।
dida bag ad

काठमाडौं । विजया दशमीको मुख्य दिन आज बडादसैँको टीका लगाउन सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १०ः२६ बजेको उत्तम साइत निर्धारण गरेको थियो।

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने परम्पराअनुसार बिहानैदेखि टीका लगाउने क्रम सुरु भएको हो। विजया दशमी आफैँमा शुभ दिन भएकाले दिनभर टीका लगाउन सकिने बताइएको छ।

समितिले आज बिहान ८ः४९ बजे देवी विसर्जनको साइत तय गरेको थियो। टीका लगाएपछि कतिपय सर्वसाधारण काठमाडौं बाहिर जान थालेका छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन पनि फाट्टफुट्ट सञ्चालन भइरहेका छन्।

बडादसैँको टीका र जमरा आजदेखि पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्ने परम्परा रहेको छ।