सत्यको विजयको प्रतीक पाटनको ऐतिहासिक मानमानेश्वरी पायः जात्रा

रासस

सारांश
- ललितपुरको पाटनमा असुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीकस्वरूप परम्परागत ‘पायः जात्रा’ हर्षोल्लासका साथ मनाइएको छ।
- महानवमीको दिन बिहान तान्त्रिक विधिबाट पूजापाठ गरी देवगण तथा गुठियारहरूले प्राचीन खड्ग बोकेर नगर परिक्रमा गरेका थिए।
- लिच्छविकालीन राजा वसन्तदेवको पालादेखि सुरु भएको यो जात्रा विभिन्न ३२ खलकहरूको सामूहिक सहभागितामा सम्पन्न गरिन्छ।

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोल्लासका साथ मनाइएको छ। आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ।
मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५:०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा पुगी पूजा सुरु भएको थियो। पाटन दरबार क्षेत्रको लिच्छविकालीन मनमानेश्वरी देवीको सञ्चालन गुठी ‘मू छेँ आँगन घर’ बाट धार्मिक विधिपूर्वक पूजापाठ गरिएको उनले जानकारी दिए। त्यसपछि झाँकी र बाजागाजासहित देवगणहरू महालक्ष्मी मन्दिरमा पुगेका थिए। त्यहाँ तान्त्रिक विधिबाट देवीको शक्ति आह्वान गरी पूजा सम्पन्न भएपछि देवगण तथा गुठियारहरूले हात-हातमा प्राचीन खड्ग बोकेर नगर परिक्रमा गरी पुनः मूलचोकमा फर्किएका थिए।
घटस्थापनादेखि नै विधिवत् रूपमा सुरु हुने यस जात्राको विशेष रौनक भने महाअष्टमी र महानवमीका दिन देखिने मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका सचिव बुद्धिराज शाहीले बताएका छन्। उनका अनुसार पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको शक्तिको रूपमा लिइने प्राचीन खड्गसहित राँगो, बोका र हाँसलाई अष्टमीको मध्यरातमा पाटनको मूलचोकमा दर्शन गराइन्छ। त्यसपछि महालक्ष्मी मन्दिर पुर्याएर महानवमीको दिन बिहान तन्त्र साधना र बलिपूजा गरिन्छ। पूजापछि उक्त खड्गलाई पुनः पाटन दरबारको मूलचोकमा ल्याउने परम्परा रहेको छ।
विभिन्न प्रक्रिया पूरा गरी टीकापछिको त्रयोदशीका दिन जात्रा विधिवत् रूपमा सम्पन्न गरिन्छ। लिच्छविकालीन राजा मानदेवका नाति वसन्तदेवको पालाबाट सुरु गरिएको पाटनको यो पुरानो जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न मनमानेश्वरी देवी सञ्चालन गुठी (मू छेँ आँगन घर) लगायत विभिन्न ३२ खलकहरूको सामूहिक भूमिका रहने गर्छ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















