आज बडादसैँ: महाअष्टमीकै कर्म दोहोरिने

नवलपुर टुडे

सारांश
- यस वर्ष तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले आज नवरात्रको नवौँ दिनमा पनि महाअष्टमीकै विधिअनुसार पूजा आराधना गरिँदैछ।
- तिथि बढेका कारण यसपालिको नवरात्र १० दिनको भएको र धर्मशास्त्रअनुसार देवीको साधना गर्ने दिन एक दिन थपिँदा कुनै फरक पर्दैन।
- परम्परागत नियम र पुजारीको निर्णयअनुसार हनुमानढोका दरबारमा आज राति मात्रै तलेजु भवानीसमक्ष विशेष कालरात्रि पूजा तथा बलिप्रदान गरिनेछ।

काठमाडौँ । यस वर्षको बडादसैँमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन अर्थात् आज (कात्तिक २ गते सोमबार) पनि महाअष्टमीकै कर्म दोहोर्याइने भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेकाले पूजा कोठा तथा दसैँ घरहरूमा आठौँ दिनकै विधिअनुसार पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ।
समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार पात्रोमा दुई दिन अष्टमी उल्लेख गरिएकाले हिजो गरिएको महाअष्टमीको कर्म आज पनि निरन्तर गर्नुपर्छ।
आज नवरात्रको नवौँ दिन भए पनि नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्ने र महाअष्टमीकै अन्य धार्मिक कर्महरू दोहोर्याउनुपर्ने उनले जानकारी दिए।
यसरी तिथि बढ्दा यसपालिको नवरात्र १० दिन (दशरात्र) को बनेको छ भने देवीको साधना तथा आराधनामा एक दिन थपिँदा कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।
यसैबीच, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा सामान्यतया हिजै (कात्तिक १ गते) गर्नुपर्ने भए पनि राज्यका तर्फबाट हनुमानढोका दरबारमा भने आज सोमबार राति मात्रै कालरात्रि पूजा गरिने भएको छ।
हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार महाअष्टमीको भोलिपल्ट नै महानवमीको कर्म गर्ने पुरानो परम्परा रहेकाले समितिसँगको परामर्श र तलेजुका पुजारीको निर्णयअनुसार आज राति पूजा गर्न लागिएको हो।
हनुमानढोकाको दसैँ घरमा हिजो आइतबार महाअष्टमीको सामान्य पूजा सम्पन्न भइसकेको छ भने आज मूल पूजा आयोजना गरिनेछ।
महाअष्टमीको राति हनुमानढोका दरबारमा तलेजु भवानीसमक्ष १०८ राँगा तथा बोकाको बलिसहित विशेष कालरात्रि पूजा, आराधना तथा तान्त्रिक अनुष्ठान गर्ने प्राचीन परम्परा रहिआएको छ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
















