बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

नवलपुर टुडे

सारांश
- बाराको महागढीमाई नगरपालिकामा भारतीय नम्बर प्लेटको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको छ।
- उक्त दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय मोटरसाइकल चालक धीरज यादवको उपचारको क्रममा मृत्यु भएको छ।
- दुर्घटनामा परेर अन्य दुईजना घाइते भएका छन् भने प्रहरीले स्कारपियो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

बारा । बारामा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । दुईजना घाइते छन् । आइतबार (कात्तिक १) बिहान करिब ११ः३० बजे महागढीमाई नगरपालिका–१, हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा बीआर१९जी ९९२१ नम्बरको स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाराको बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको उक्त स्कारपियोले विपरीत दिशाबाट आइरहेको वाग्मती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ का १७ वर्षीय धीरज यादव, सोही मोटरसाइकलमा सवार भोडहाका १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव घाइते भई उपचारका निम्ति एलएस न्युरो अस्पताल पठाइएको थियो । उपचारका क्रममा बिहान ११ः५५ बजे चालक धीरजको मृत्यु भएको हो ।
दुईजनाको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उक्त स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका–३ का ३८ वर्षीय अरुणकुमार दुबेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने
















