देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नवलपुर टुडे

सारांश
- देशमा पश्चिमी वायुको आंशिक प्रभावले हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ।
- कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
- वर्षासँगै केही स्थानमा मेघगर्जन र चट्याङसमेत पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।
आगामी समयमा देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा पनि आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
देशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मौसम प्रभावित बन्नेछ। महाशाखाका अनुसार देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। यसका साथै सोही क्षेत्रका एक-दुई स्थानमा हिमपातको सम्भावना समेत रहेको छ।’


आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’

अमेरिकी डलरको भाउ १५१.०९ रुपैयाँ, अन्य मुद्राको विनिमयदर

बर्दिया दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
















